News

रूसमाथि अमेरिकी नाकाबन्दी हुँदा नेपाली सेनाले हेलिकप्टर किन्न सकेन

रूसमाथि अमेरिकी नाकाबन्दी हुँदा नेपाली सेनाले हेलिकप्टर किन्न सकेन

काठमाडौँ। नेपाली सेनाले दुई थान एमआई १७ हेलिकप्टर खरिदका लागि ग्लोबल टेन्डर गर्ने भएको छ। दुई वर्षअघि नै सरकारले रूसबाट जीटुजी (सरकार-सरकार स्तरमा) कार्यक्रमअन्तर्गत दुई हेलिकप्टर खरिद गर्न स्वीकृति दिएको थियो।

अमेरिकाले रूसमाथि लगाएको आर्थिक नाकाबन्दीका कारण नेपाली सेनालाई त्यस बेला हेलिकप्टर भित्याउन सकस परेको थियो। रूसबाट तत्काल हेलिकप्टर ल्याउन नसकिएपछि सेनाले अहिले ग्लोबल टेन्डर प्रक्रियाबाट खरिद गर्ने तयारी गरेको हो।

रूसमाथि लागेको नाकाबन्दी खुलुन्जेल पर्खिनुभन्दा ग्लोबल टेन्डरमार्फत खरिद गरी छिटो र पारदर्शी ढंगले हेलिकप्टर ल्याउनुपर्ने नेपाली सेनाका उच्च अधिकारीका धारणा छ। रक्षा मन्त्रालय र नेपाली सेनाका उच्च अधिकारी ग्लोबल टेन्डर गरे रूसको नाकाबन्दी नलाग्ने, व्यापारीको अनावश्यक चलखेल रोकिने र पारदर्शी ढंगले हेलिकप्टर खरिद गर्न सकिने टुंगोमा पुगेको स्रोतले बताएको छ।

यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन।  

नेपाली सेना हेलिकप्टर

विशेष