News

किन स्थगित भयो प्रतिनिधिसभाको बुधबारको बैठक ?

किन स्थगित भयो प्रतिनिधिसभाको बुधबारको बैठक ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।  

सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले  बैठक स्थगन भएको स्राेतकाे भनाइ छ । यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ । 

विशेष