शिक्षामा प्रतिस्पर्धात्मक विकल्प जरुरी
काठमाडौ । नेपालको संविधानले शिक्षालगायत स्वास्थ्य, सूचना, खाद्य आदि धेरै विषयहरूलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको हालको अवस्थामा उच्च शिक्षा अध्ययनका लागि खर्बौंखर्ब रकम बिदेसिँदै छ ।
स्वदेशमा सामुदायिक तथा संस्थागत गरी दुई भिन्न वर्गका लागि राज्यले शिक्षाको व्यवस्था गरे पनि त्यो शिक्षाले नपुगी नेपाली किशोरकिशोरी अध्ययनका लागि बिदेसिँदै छन् । नेपालको शिक्षा नेपाली विशिष्टताअनुसार हुन नसक्नुमा यही मूल कारण रहन हो ।
यससँगै विदेशीले उनीहरूको स्वार्थअनुसार नेपालमा अध्ययन÷अध्यापन गराउन शिक्षा नीति, कार्यक्रम, पाठ्क्रम तथा पाठ्यपुस्तकहरू निर्माण गरिदिएर उनीहरूको शिक्षा नीतिअनुरूप घुम्न र घुमाउन थालेपछि नेपाली शिक्षामा मोह घट्दै गएको देखिन्छ ।
त्यसो त शिक्षा अहिले देश विकास र निर्माणको आधारभन्दा पनि विदेश जानका लागि सर्टिफिकेट बन्न गएकाले ऋण काढेर विदेशमै अध्ययन गर्न जाने मोह बढेको छ । विदेशीका स्वार्थअनुसार नेपाली शिक्षा नीति बने÷बनाइएसँगै नेपाली शिक्षाको ‘क्रेज’ ह्वात्तै घटेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।