News

तुईनबाटै कर्णाली नदी वारपार

तुईनबाटै कर्णाली नदी वारपार

सिमकोट।  सरकारले देशलाई नै तुइनमुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लावासी अझै आधा दर्जन तुइनमा तर्न बाध्य हुँदै आएका छन् । कर्णाली नदीमाथि झोलुङ्गे तथा ट्रस ब्रिज निर्माण नगरिँदा हुम्लावासीलाई जोखिम उठाएरै भए पनि तुइनबाट वारपार गर्न बाध्य छन् ।

सुसाउँदो कर्णाली नदीमाथि लट्ठामा बाँधिएर तुइन तर्नुपर्दा बाँच्ने आशा कमै हुने गरेको भए पनि आजसम्म चलेको सर्केगार्ड गाउँपालिका वडा नं. ४ का बबर पालले बताउनुभयो । आँखा चिम्म गरेर तर्नुको विकल्प नभएका कारण जनताले सास्ती खेपिरहनु परेको छ । पुल निर्माणको माग गरिए पनि त्यो पूरा नहुँदा जनतालाई तुइन तर्नु बाध्यता भएको छ । पुल निर्माणका लागि स्थानीय सरकारसँंग माग नगरिएको पनि होइन तर कतै सुनुवाइ नहुने स्थानीयको गुनासो छ । कर्णाली नदीमाथि सर्केगार्ड गाउँपालिका क्षेत्रमा दुईवटा तुइन सञ्चालनमा छन् ।

यी तुइनमा दैनिक रूपमा ३० देखि ४० जना स्थानीय र बटुवा वारपार गर्दै आएका छन् ।

गोरखापत्र दैनिकमा प्रकाशित 

 

तुईन

विशेष