News

कुलमान घिसिङले गर्ने भए आँखा दान

कुलमान घिसिङले गर्ने भए आँखा दान

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन् । 

‘मृत्युपर्यन्त स्वर्ग जाने भनेको आँखाजस्तो सन्सार देखाउने अंग दान गरेर मात्र सकिन्छ । सबैभन्दा पुण्य काम भनेकै आँखालाई सहीरुपमा अरुलाई प्रत्यारोपण गर्नु हो,’ उनले भने, ‘सही र सत्य भगवान् भनेकै परेका बेलामा दिन सक्ने व्यक्ति हो ।

मानवले आफ्नै निर्णयबाट दिन सक्ने मृत्युपर्यन्त आँखा दान हो । आँखा दान गरौं र आँखा नदेख्नेलाई संसार देखाएर पुण्य कमाउँ ।’  यो समाचार आजको गोरखापत्र दैनिकमा भगवती तिमल्सिनाले लेखेका छन ।  

कुलमान घिसिङ आँखा दान

विशेष