News

पेन्सनधारी कर्मचारीलाई २ बर्ष काम गर्न नदिने प्रस्ताव

पेन्सनधारी कर्मचारीलाई २ बर्ष काम गर्न नदिने प्रस्ताव

काठमाडौँ। सरकारी सेवाबाट अवकास वा राजिनामा पछि पेन्सन खाईरहेका विशिष्ट तहका कर्मचारीले दुई बर्षसम्म बिदेशी कुटनीतिक नियोग या संस्थाहरुमा कम गर्न नपाउने कानुन ल्याउन सांसदहरुले राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्ताव गरेका छन।  

सरकारका सचिव र सहसचिवको तहमा बर्षौं काम गरेर जागिर छोडेर भोलिपल्टै बिदेशी संघसंस्थामा आवद्ध हुनु उचित नहुने भन्दै रोक्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेका हुन्।  

संघीय निजामतीको सेवासम्बन्धी बिधयकमाथि सोमबार भएको छलफलमा सत्ता र प्रतिपक्षी सांसदहरु यस्तो कानुन बनाउन उचित हुने भन्दै प्रस्तावमा एकै ठाउँमा उभिए।  

यो समाचार आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन।  

 

सरकारी कर्मचारी

विशेष