दिल्ली क्यापिटल्सद्वारा सन्दीप लामिछानेको प्रशंसा

दिल्ली क्यापिटल्सद्वारा सन्दीप लामिछानेको प्रशंसा

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई सन् २०१९ मा टी–२० क्रिकेटमा सर्बाधिक विकेट लिएको भन्दै प्रशंसा गरेको छ । दिल्लीले आज सामाजिक सञ्जालमार्फत् सन्दीपको प्रशंसा गरेको हो । सन्दीप दिल्ली क्यापिटल्सका सदस्य पनि हुन् ।    

 सन् २०१९ मा टी–२० क्रिकेटमा सन्दीपले १६ खेलमा ५९ ओभर बलिङ गर्दै ३ सय ८४ रन खर्चिदै २८ विकेट लिएका छन् । त्यस्तै नेदरल्यान्डका ब्रान्डम ग्लोभरले १९ खेलमा ६५ ओभर बलिङ गर्दै ४ सय ४८ रन खर्चेर २८ विकेट लिएका छन् । करण केसीले १९ खेलमा ६५ ओभरमा बलिङ गर्दै कुल ४ सय ७६ रन खर्चेर २८ विकेट लिएका छन् । आयरल्यान्डका मार्क आदिर र नेदरल्यान्डका पल भान मार्करेनले समान २७ विकेट लिएका छन् ।

अफगानिस्तानका स्पिनर राशिद खानले १० खेलमा २० विकेट लिदै १९ औं स्थानमा छन् । सन् २०१९ मा सर्वाधिक विकेट लिने शीर्ष ४० खेलाडीमा टेष्ट राष्ट्रका ६ खेलाडीमात्रै अटाएका छन् । १७ खेलमा १६ विकेट लिएका अविनाश बोहरा ३५ औं स्थानमा छन् । 

दिल्ली क्यापिटल्स आइपीएल

संम्बधित खबर

विशेष