भोजपुरमा बोलेरो दुर्घटना, चालकको ज्यान गयाे
भोजपुरः भोजपुर सदरमुकामबाट उत्तरमा रहेको षडानन्द नगरपालिका–१० खोटडाँडाबाट धरान जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुदाँ चालकको उपचारका क्रममा ज्यान गएको छ ।
सोमवार साँझ षडानन्द नगरपालिका–१० खोटडाँडाबाट सुन्तला लिएर धरान तर्फ जाँदै गरेको को २ च १७९२ नम्वरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–१६ घर भएका २७ बर्षिय चालक फूर्वा तामाङको संखुवासभाको तुम्लिङटारमा रहेको मनोकामना अस्पतालमा उपचारका क्रममा राती मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताए ।
दुर्घटनामा परी घाइते भएका सहचालक तेह्रथुमको लालिगुराँस नगरपालिका–७ वस्ने वर्ष २० का रविन मगरको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।