News

कञ्चनपुर पुगेर मन्त्री बाँस्कोटाले भने, ‘निर्मलाका हत्यारालाई सरकारले छाड्दैन्’

कञ्चनपुर पुगेर मन्त्री बाँस्कोटाले भने, ‘निर्मलाका हत्यारालाई सरकारले छाड्दैन्’

कञ्चनपुरः सञ्चार  तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्मला हत्या प्रकरण सरकारले त्यसै नछोड्ने बताएका छन् । प्रेस संगठन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै मन्त्री बाँस्कोटाले भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।

मन्त्री बाँस्कोटाले कालापानी, लिपुलेक मात्रै नभइ लिम्पियाधुरा पनि नेपालकै भूमी भएको बताएका छन् । उनले भारतले कालापानी लिपुलेकमा दाबी गरेपनि लिम्पियाधुरा सम्म नेपालकै भएको बताए ।

उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउँदै आफूहरुले ब्रिटिसकालिन सन्दर्भ सामाग्राीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए । बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताए । उनले अन्य दललाई उक्त पद नदिने सङ्केत गरे । ‘सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन’ मन्त्री बाँस्कोटाले भने, ‘सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।’ उनले सभामुखको विषय चाँडै टुंगो लाग्ने जानकारीसमेत दिए । 

कञ्चनपुर गोकुल बास्कोटा

विशेष