अब घरधनीले डेरावालाको सम्पूर्ण विवरण राख्नुपर्ने

अब घरधनीले डेरावालाको सम्पूर्ण विवरण राख्नुपर्ने

काठमाडौँ ।  घरमा भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि सरकारले डेरावालाको विवरण संकलन गर्नुपर्ने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको हो । उपत्यकासहित देशका मुख्य शहरमा घर भाडामा लिएर अपराधिक गतिविधि हुने गरेको देखिएपछि घरधनीलाई भाडामा बस्ने व्यक्ति/संस्थाले परिचय खुल्ने कागजात बुझाउनुपर्ने निर्णय गरिएको जनाइएको छ ।

भाडामा बस्नेबारेको विस्तृत विवरण संलकन गरेर नजिकको प्रहरी इकाइमा अनिवार्य रुपमा बुझाउनु पर्ने समेत निर्णयमा उल्लेख गरिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए । यसअघि पनि स्वेच्छिक रुपमा डेरावालाको विवरण संकलन गरिँदै आएको भएता पनि अब अनिवार्य गरिएको भट्टराई बताउँछन् ।

घर भाडामा बस्ने र छाड्ने दुवैको नियमित र अद्यावधिक अभिलेख राख्न प्रहरीलाई समेत निर्देशन दिने निर्णय भएको जनाइएको छ ।

गृहमन्त्री

संम्बधित खबर

विशेष