२८ वर्षदेखि माटो खाएकै भरमा जीवित छन यी व्यक्ति

२८ वर्षदेखि माटो खाएकै भरमा जीवित छन यी व्यक्ति

माटो खाने भन्ने बितिक्कै हामीलाई बच्चा बेलाको याद आउछ, माटोसंगै खेलेको, माटो खादै खादै हुर्केको अनि त्यहि माटो खाएको निहूँमा ममीको कुटाई खाएको यस्तै यस्तै। तर कुनै पनि मानिस माटो खाएकै भरमा २८ वर्षदेखि जीवित छ भन्ने सुन्दा तपाईलाई कत्तिको अचम्म लाग्छ ।  नलागोस पनि कसरी, तर आज हामी तपाईहरुलाई बिगत २८ बर्षदेखि खाना नखाई माटोको भरमा जीवित रहेको व्यक्तिको बारेमा बताउन जादैछौं आउनुहोस 

यी माटोखाने व्यक्ति नाम हंसराज हो ।  उनि बिगत २८ वर्षदेखि माटोकै भरमा बाँचिरहेका छन ।  'मेरो भोजन भन्नु नै माटो हो, यसको सेवनले आजसम्म मेरो स्वास्थ्यका कुनै असर परेको छैन' उनि बताउछन ।  माटो खाएकै कारणले हंशराजलाई मानिसहरुले 'स्याण्ड म्यान' को नामले समेत चिन्न थालेका छन ।  

माटो खाएको भरमा कुनै पनि मानिस कसरी जिउँदो रहन सक्छ ? भन्ने कौतुहलतालाई मेटाउदै डाक्टरहरुले हंसराज 'पिका' नामको रोगले ग्रसित रहेको बताएका छन । उनको शरीर आधा माटोले बनिसके छ ।  यदि अब पनि उनले माटो खान नछोडे उनले गम्भीर स्वास्थ्य सम्स्यसको सामना गर्नु पर्नेछ ।  तथापी हंसराज भने बालुवा, माटो खानाले आफुलाई मिनरल्स प्राप्त हुने गरेको र स्वास्थ्यमा कुनै खराबी नआएको बताउछन ।  

Sandman

संम्बधित खबर

विशेष