मासु पेल्ने मेसिनमा परेर मलेसियामा नेपाली कामदारको मृत्यु

क्वालालम्पुर। मलेसियाको मलाक्का राज्यमा सोमबार मासु पेल्ने मेसिनमा परेर एक नेपाली कामदारको मृत्यु भएको छ ।
'द मलाक्का फायर डिर्पाटमेन्ट'का जुलखैरनी राम्लीका अनुसार ४७ वर्षीय नेपाली कामदार मासु प्रशोधन उद्योग मस्जिद तनाहका कामदार थिए । मृतक नेपाली भएको खुले पनि नाम र नेपालको ठेगाना भने अझै खुल्न सकेको छैन।
तीन कामदार सहित मेसिन मर्मत गर्ने क्रममा अकस्मात मेसिन खुलेपछि उनी तानिएको बताइएको छ । कम्मर पेलिएको कारण उनको घटनास्थलमै मृत्यु भएको हो । जुलखैरनीका अनुसार उनलाई मेसिनबाट निकाल्न करिब ३० मिनेट लागेको थियो।
मलेसिया कामदार मृत्यु