News

बाग्मतीलाई पहिलेकै अवस्थामा ल्याउन तारजाली उपयुक्त

बाग्मतीलाई पहिलेकै अवस्थामा ल्याउन तारजाली उपयुक्त

काठमाडौँ। धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनका केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरी बाग्मतीलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास करिब एक दशकदेखि भइरहेको छ ।

त्यसैगरी तीनवटै सुरक्षा निकाय, विद्यार्थी, आमनागरिक सम्मिलित बाग्मती सफाइ महाअभियानको २९९औँ हप्ता पूरा भइसकेको छ तर यी प्रयासबाट आशातीत सफलता हासिल हुन सकेको छैन । विगत पाँच वर्षदेखि हरेक शनिबार बाग्मती सफाइ अभियानले बाग्मतीको भौतिक अवस्थामा उल्लेखनीय सुधार देखिएको छैन । २०७० जेठ ५ गतेदेखि नियमित रूपमा बाग्मती सफाइ महाअभियान नियमित सञ्चालन हुँदै आएको छ ।

सफाइ गरी पहिलेकै मौलिक अवस्थामा फर्काउन विभिन्न उपायमध्ये बाग्मतीको विभिन्न ठाउँमा फलामको जाली राखेर नदीमा बग्ने ठोस फोहोरलाई सहज रूपमा सङ्कलन गर्ने विधि एक हुन सक्ने बाग्मती सफाइ अभियानसँग जोडिएका संस्था र व्यक्तिहरूको धारणा छ ।

यो समाचार गोरखापत्र दैनिकमा भउचप्रसाद यादवलव लेखेका छन।   

बाग्मती सफाई

विशेष