News

बागलुङ दुर्घटनामा घाइते उद्धारका लागि घटनास्थलमा अझै हेलिकप्टर पुगेन

बागलुङ दुर्घटनामा घाइते उद्धारका लागि घटनास्थलमा अझै हेलिकप्टर पुगेन

बागलुङ। बागलुङको बुर्तिवाङमा भएको जिप दुर्घटनामा घाइते भएकाहरुलाई उद्धारका लागि जाने भनिएको हेलिकप्टर अझै उड्न सकेको छैन ।  गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरबाट घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने भनेपनि समन्वयको अभावका कारण सेनाको हेलिकप्टर अपरान्ह १२ः३० सम्म पनि उडेको छैन

पहिले घाइतेहरुको सङ्ख्या धेरै भएको भन्दै एमआई १७ हेलिकप्टर पठाउने तयारी गरिएको र पछि घाइते जम्मा ३ जनामात्रै रहेको भन्ने सूचना आएकाले अर्को हेलिकप्टर उडाउनु पर्ने भएकाले ढिलो भएको हो । प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र नेपाली सेनाबीच समन्वयको अभावमा घाइतेहरुको उद्धारका लागि समयमै हेलिकप्टर उड्न नसकेको हो । 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार अबको ५ देखि १० मिनेटमा हेलिकप्टर पठाउने तयारी भइरहेको छ । अब नेपाली सेनाले १२ जना अट्ने एएनएक्स हेलिकप्टर पठाउने तयारी गरेको छ । दुर्घटनास्थल जिल्ला सदरमुकाम बागलुङबाट १ सय किलोमिटर टाडा बुर्तिवाङ हो । घाइतेलाई सदरमुकाम ल्याउन ३ घण्टा लाग्ने भएकाले सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको छ । 

दुर्घटनामा चालक, एक महिला र एक बालक घाइते भएको प्रहरीले जनाएको छ ।  १८ जना सवार जिप बडिगाड खोलामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना अझै हराइरहेको प्रहरीले जनाएको छ । 

बागलुंग दुर्घटना

विशेष