News

धीरेन्द्रको घर ढालेर १९ तले होटल

धीरेन्द्रको घर ढालेर १९ तले होटल

दिवंगत पूर्वराजपरिवारको नाममा रहेका अधिकांश जायजेथा सरकारीकरण गर्दै नेपाल ट्रष्टको स्वामित्वमा ल्याइएको छ । दरबार हत्याकाण्डमा दिवंगत अधिराजकुमार धीरेन्द्र शाहको बासस्थान रहेको जीवनकुञ्ज मात्र हो, जसलाई ट्रष्टले चलाएन । चलाउने आधार पनि पाएन । ०६५ सालदेखि यसको विक्री, बैनाका कथा चल्दै रहे । तर, कहिले भाउ नमिल्ने, कहिले बैना गर्ने मान्छे बेपत्ता हुने कारण भोगचलनमै समस्या आइरहेको थियो । ०६९ सालमा टुंगो लाग्यो– यो जमिनलाई ३५ वर्षका लागि भाडामा लगाउने ।

कुनै बेला बैदेशिक रोजगारीका लागि नेपाली कामदारलाई कोरिया पठाउने एकमात्र ओभरसिज कम्पनी मुनड्रप्सका सञ्चालक पुकार राणाहरुले अहिले ३५ रोपनी क्षेत्रफलमा रहेको जीवनकुञ्जलाई भत्काएर १९ तलाको होटल बनाइरहेका छन् । अघिल्तिरको कम्पाउण्डमा नेपालकै सर्वाधिक ठूलो सपिङ सेन्टर बन्दैछ । पार्किङ चाहिँ अन्डरग्राउण्डमा । त्यहाँ हजार बढी चारपांग्रे र त्यही अनुपातमा दुई पांग्रे साधन अट्ने गरी पार्किङस्थल बनाइँदैछ । यसका लागि उनीहरुले पाँच वर्षअघि नै महानगरपालिकाबाट नक्शा पास गराइसकेका छन् । अहिले काम धमाधम अगाडि बढिरहेको छ । त्यहाँबाट आउने भाडा धीरेन्द्रका तीन सन्तानले दामासाहीमा बाँड्ने सहमति भएको छ । 

त्यसबाहेक धीरेन्द्रकै स्वामित्वमा रहेको धुम्बाराहीस्थित क्लब कुण्डलिनीमा सञ्चालित प्याथोलोजी ज्वाइँ डा। राजीव शाही र त्यहीँ सञ्चालित सासा ब्याङ्क्वेट ९पार्टी प्यालेस० अर्का ज्वाइँ आदर्श राणाले हेर्ने गरेका छन् । आम्दानी चाहिँ तीन छोरीले बराबर बाँड्छन् । सासा ब्याङक्वेट टेकुमा प्रहरी परिसरभित्रै छ, त्यो पनि आदर्शले नै हेर्छन् । यो आम्दानीबाट तीन दिदीबहिनीले पूर्वयुवराज पारसको खर्च पनि बेलाबेलामा चलाइदिने गरेका छन् । पारस विशालनगरबाट चण्डोलतिर जाने एउटा हाउजिङमा फ्ल्याट लिएर बस्छन् । उनीसंग डा। राजीव शाहीले भेटिरहन्छन् । पतिको मृत्युपछि एक्लिएकी शिताष्माले यही आम्दानीमध्ये महिनावारी ५० हजार सासू आशा सिंहलाई दिन्छिन् । 

जनआस्था साप्ताहिकबाट साभार । 

जीवनकुञ्ज

विशेष