सुरक्षा कारबाहीमा बीस आतङ्ककारी मारिए
ओवागाडोगुगु – अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ ।
स्थानीय समयानुसार मङ्गलबार बिहान उत्तरी राज्य बान्ह र उत्तरपश्चिमी तोइनी इलाकामा रेहको सुरक्षा जाँच चौकीमा उक्त आक्रमण भएको सेनाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
यसअघि आइतबार बन्दुकधारीहरूले एउटा चर्चमा गरेको आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएका थिए ।
दक्षिण अफ्रिकी यस देशमा सन् २०१५ यता भएका आक्रमणहरुमा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसमा २०० सशस्त्र सैनिक रहेका जनाइएको छ। आतङ्ककारी आक्रमणको कारण हजारांै व्यक्ति विस्थापित भएका छन् ।