९ दिनदेखि उपचारत प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

९ दिनदेखि उपचारत प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

काठमाडौँ।  त्रिवि शिक्षण अस्पतालमा विगत ९ दिनदेखि उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिरहेको कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम गर्ने मनशाय बनाएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको बताइएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नेछन् ।

अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज नगर्ने अस्पतालको तयारी थियो । तर, प्रम ओलीले अस्पतालमा बसिरहँदा गलत सन्देश जान सक्ने भन्दै कर गरेपछि डिस्जार्ज गर्न लागिएको उपचारमा संग्लग्न एक चिकित्सकले बताए ।

प्रधानमन्त्री ओलीलाई ९ दिनअघि मंसिर ९ गते एपेन्डिसाइटिस भएको थियो । एपेन्डिसाइटिसलगत्तै शल्यक्रिया गरिएका प्रधानमन्त्री ओली अहिले चिकित्सकको निगरानीमा अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रधानमन्त्री ओली

संम्बधित खबर

विशेष