जलवायु परिवर्तनले बालबालिका र बूढाबूढीलाई सास्ती
काठमाडौँ। अहिले जलवायु परिवर्तन विश्वको सबैभन्दा ठूलो समस्या बनेको छ। वैज्ञानिकले आउने समयमा स्थिति झन् भयाह हुवने बताएका छन्। अनुसन्धानका अनुसार जलवायु परिवर्तनका कारण विशेषगरी बालबालिका र बूढाबूढीको स्वास्थ्यमा यसको गम्भीर असर देखिनेछ।
विश्वको तापमान बढ्नाले घातक किसिमका ब्याक्टेरिया बढ्ने, अन्नको उत्पादनमा पनि कमी आउने र मानिसमा कुपोषणको समस्या पनि बढ्ने खतरा देखिएको छ। अमेरिकामा हालै सार्वजनिक गरिएको एक रिपोर्ट ‘द ल्यानसेट काउन्टडाउन अन हेल्थ एन्ड क्लाइमेट चेन्ज’ ले यस्तो देखाएको छ।
रिपोर्टमा जलवायु परिवर्तन, योजना र स्वास्थ्यलगायतका प्रमुख पाँच मुद्दामा जोड दिइएको छ। द ल्यानसेट काउन्टडाउनमा विश्व बैंक र अन्य ३५ वटा संघ संस्थाका एक सय २० विशेषज्ञ समावेश दिए।
जलवायु परिवर्तन