कैदीलाई घर र होटलमा लाने असई परे निलम्बनमा
काठमाडौं । जेलमा सजाय काटिरहेका भीआईपी कैदीलाई घर र होटलमा लाने असई निलम्बनमा परेका छन्। सुडान काण्डको भ्रष्टाचारमा दोषी देखिएपछि डिल्लीबजार कारागारमा सजाय काटिरहेका ठेकेदार शम्भु भारतीलाई गोप्यरुपमा घर र होटलमा लाने असई प्रकाश ढाँट निलम्बनमा परेको जानका।फ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले दिए।
उनका अनुसार प्रकाश ६ महिनाको लागि निलम्बनमा परेका हुन्। जेल सजाँय भोगिरहेका कैदी भारतीलाई वीर अस्पताल लाने भनेर उनको घर भैंसेपाटी र होटल हिमालयमा लगेको पुष्टी भएपछि असई प्रकाश गत कात्तिक २४ मा निलम्बनमा परेका थिए।
अदालतको फैसलापछि फरार रहेका भारतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गत भदौ १३ गते पक्राउ गरेको थियो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भारतीलाई उपचार बहानामा होटल हिमालयन लगेर ‘मोज’ गराएको आरोपमा प्रकाश निलम्बनमा परेका हुन् ।
प्रहरीमा सेवा प्रवेश गरी तालिम सकेर डिल्लीबजार कारागारमा पदस्थापन भएको ५ महिनामात्र भएका असई ढाँटले क्षेत्रीयताका हिसाबले सुदूरपश्चिम प्रदेशकै भएकाले भारतीलाई अस्पताल लाने भनेर उनको घर भैसेपाटी र होटल हिमालय कुपण्डोलमा लगेका थिए । वीर अस्पतालमा चेक गराएको कागज हिमालय होटलमै छुटेपछि भारती होटल र घर गएको सार्वजनिक भएको थियो ड्युटी इन्चार्ज भएको बेलामा भारतीलाई उनले होटलमा लगेका थिए ।
। जेलमा सजाँय भोगिरहेका कैदीलाई होटलमा लगिएको पुष्टी भएपछि निलम्बनमा परेका असई ढाँटलाई ठेकेदार भारतीले अमेरिका लैजाने आश्वासन दिएका छन् । असई ढाँटले आफू निलम्बनमा परेको गुनासो गरेपछि भारतीले आफ्नो अमेरिकामा ब्यापार भएकाले जेलबाट छुटेपछि अमेरिकातिरै लाने आश्वासन दिएको बुझिएको छ । विशेष अदालतले सुडान मिसनमा एपीसी खरिदमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको फैसला गरेको थियो ।