News

विप्लवका जिल्ला इन्चार्ज जेल चलान

विप्लवका जिल्ला इन्चार्ज जेल चलान

सिन्धुली - प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपाका सिन्धुली जिल्ला इन्चार्ज वर्तमान राई (सशी) कारागार चालान भएका छन् । जिल्ला अदालत सिन्धुलीले राईलाई पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएको हो । 

गत असोज २३ गते हरीहरपुरगढी गाउँपलिका २ बखपरस्थित घरबाटै पक्राउ परेका राईलाई चन्दा आतंक तथा सांगठीत अपराधमा मुद्धा चलाइएको थियो । जिल्ला अदालत सिन्धुलीको आदेशअनुसार राईलाई पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंहले जनाए 

विशेष