कलंकी-कोटेश्वर सडकखण्ड: शुक्रवार र शनिबार ४ घण्टा सवारी चलाउन नपाइने

काठमाडौ । आगामी शुक्रबार र शनिबार ट्राफिक प्रहरीले कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको मुख्य लेनमा चार घण्टा सवारी साधन चलाउन रोक लगाउने भएको छ।
मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको छ। यस सडकखण्डमा साग खेलकुदमा दुई दिन साइक्लिङ हुने भएकाले मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए।
विहान ११ बजेदेखि ३ बजेसम्म सो सडक खण्डको मुख्य लेनमा सवारी चलाउन नपाइने स्रोतले जनाएको छ। सो दिन सोही सडकखण्डमा सवारी नचलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सबैसँग आग्रह गरेको छ। प्रहरीले सर्वसाधारणलाई करिडोरको मार्ग प्रयोग गर्न भनेको छ।
सडकखण्ड कलंकी कोटेश्वर