News

कलियुगका कृष्ण

कलियुगका कृष्ण

काठमाडौँ। गुरु–चेला प्रहरी खोरमा पुगेको खबर अच्छा हैन ‘बोर’ नै हो। एकै राशीका गुरु–चेला प्रहरी खोरमा पुग्नुपर्ने कारण र आरोप पनि एउटै छ। ‘आफ्नै शिष्यमाथि बलात्कार’। महराले गुरु थपेका हुन् सिद्धबाबा।

महरा सभामुख भएको बेला दुवै कृष्ण गुरु चेलाको अवतारमा प्रकट भएका थिए। सुनसरीको चतरा आश्रमका सिद्धबाबाकी चेली र महराले पढाएकी चेली रोशनीका कारण दुवै कृष्ण प्रहरी खोरमा पुगेका हुन्।

समय निकै बदलिएछ, ऊ बेला भगवान कृष्ण १६ सय गोपिनीसँग डेटिङ जाँदा केही नहुने। अनि, कलियुगका कृष्ण एक/दुई वटीसँग नजिकिँदा प्रहरी खोरमा पुग्नुपर्ने। दुवै कृष्ण पक्कै पनि भगवान कृष्णबाट प्रभावित भएका हुन्। माया प्रेम गाँस्ने अनि डेटिङ जाने फर्मुला मात्रै फरक भएको हो, त्यही कमजोरीको फाइदा उठाए देशी/विदेशी तत्वले।नेपाल समाचारपत्रमा प्रकाशित 

सिद्धबाबा कृष्णबहादुर महरा

विशेष