घुससहित असई परे अख्तियारको फन्दामा
काठमाडौं – घुससहित एक प्रहरी सहायक निरीक्षक (असई) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। सात हजार रुपैयाँ घुससहित सिआरभी केशलिया मार्ग विराटनगर, मोरङमा कार्यरत असई श्यामकुमार दाहल घुससहित अख्तियारको फन्दामा परेका हुन्।
दाहालले सेवाग्राहीलाई अनावश्यक दुख दिने, विभिन्न खाद्य सामग्रीहरू ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घुस रकम लिने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले घुससहित उनलाई पक्राउ गरेको हो।
घुस रकमसहित उनलाई विराटनगर महानगरपालिका–६ घाँसचोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।