दैलेखको पेट्रोलियम अन्वेषण कार्य सफलता नजिक

दैलेख। दैलेखमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलतानजिक पुगेको छ । जिल्लाका भू–भागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो।
पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्भेको काम अहिले तीव्र पारिएको छ। सर्भेको निष्कर्ष छिट्टै आउने अपेक्षा छ। चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलीले अन्वेषणका विभिन्न काम एकसाथ अगाडि बढाएका हुन्। विदेशमा पेट्रोलियम अन्वेषणमा काम गरेका अनुभवी नेपाली कामदार अहिले यो कार्यका लागि प्रयोग गरिएका छन्।
अनुसन्धानका लागि अत्याधुनिक साधनसमेत ल्याइएको छ। साइस्मिक सर्भेअन्तर्गत जमिनभित्र तरंग पठाउने काम सुरु गर्न थालिएको छ। विभिन्न चारवटा सर्भेमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भेपछि त्यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान हुने भएको छ।
नेपाल र चीन सरकारबीचको सम्झौताअनुसार पेट्रोलिय भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भू–भागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमिनमुनि ड्रिलिङ गर्ने काम सुरु गरिएको हो ।
यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
पेट्रोलियम अन्वेषण