फेटाले जोडेको संकृतिको रोचक फ्युजन (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले काठमाडौँसंग पारिवारिक नाता गाँसेका छन।
महतोका छोरा राघवेन्द्र महतोले काठमाडौंकी पालिशा तुलाधरसँग बिहीबार विवाह गरेका छन ।
विवाहमा विभिन्न राजनैतिक दलका नेताहरुले उल्लेख्य सहभागिता रहेको थियो।
वैवाहिक समारोहमा समाजवादी पार्टी संघीय परिषद्का संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि माडवाडी भेषमा सजिएर पुगेका थिए। जुन तस्बिर उनले सामाजिक संजालमा शेयर गरेका छन।
टाउकामा प्रचलित फेटा बाँधेको तस्बिर शेयर गर्दै उनले लेखेका छन ' ‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौंकी सुश्री पालिशा तुलाधरका साथ सुसम्पन्न शुभ विवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्युजन !’