भोकमरी न्यूनीकरणमा नेपालको सुधार
काठमाडौँ । भोकमरी घटाउनमा नेपालले प्रगति गरेको छ। पछिल्ला १९ वर्षमा नेपालले भोकमरी सूचकांकमा १६ अंक सुधार गरेको छ। यो सूचकले मूलतः मानव शरीरलाई आवश्यक पोषणयुक्त खानाको उपलब्धता मूल्यांकन गर्दछ। तर नेपालमा अझै धेरै मानिस भोकमरीबाट गुज्रिरहेको तथ्यांक छ।
संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रले अघि सारेको दिगो विकास लक्ष्य (एसडीजी)ले सन् २०३० सम्म विश्वभरबाट भोकमरी अत्य गर्ने अठोट गरेका छन्। यसका लागि नेपालले अझै धेरै मिहिनत गर्नुपर्ने विज्ञले बताएका छन्। खाद्य पदार्थको न्यून पहुँच र जलवायु परिवर्तनको असरका कारण नेपालमा भोकमरी अत्य गर्न कठिन पर्नसक्ने विज्ञ बताउँछन्।
काठमाडौंमा बिहीबार सार्वजनिक गरिएको ‘ग्लोबल हंगर इन्डेक्स २०१९’ प्रतिवेदनअनुसार नेपालमा अझै पनि गरिबी र कुपोषणको समस्या छ। वेल्ट हङ्गर हिल्फ’ र ‘कन्सर्न वल्र्डवाइड’ नामका अन्तर्राष्ट्रिय संस्थाले संयुक्त रूपमा गरेको अध्ययनका आधारमा प्रतिवेदन तयार पारिएको हो। भोकमरीसम्बन्धी विश्वव्यापी सूचकांक (जीएचआई) का आधारमा ती दुवै संस्थाले एक सय १७ वटा मुलुकको भोकमरीसम्बन्धी समस्या अध्ययन गरी प्रतिवेदन बनाएको हो। यो प्रतिवेदन जर्मनीको संस्था जीआईजेडको सहयोगमा लिवर्डले नेपालमा सार्वजनिक गरेको छ।
अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित
भोकमरी न्यूनीकरण