विदेश

मुद्धा सुनुवाइका लागि अदालत जाँदै गर्दा बलात्कार पीडित महिलालाई ज्यूँदै जलाईयो !

मुद्धा सुनुवाइका लागि अदालत जाँदै गर्दा बलात्कार पीडित महिलालाई ज्यूँदै जलाईयो !

एजेन्सी। भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ। उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको अवस्था चिन्ताजनक रहेको छ।  

शरीरको धेरै भाग जलेकी उनको हाल अस्पतलमा उपचार भईरहेको बताईएको छ। गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन्। अदालतमा उक्त मुद्दाको सुनुवाइका लागि  जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरूको एक समूहले तानेर नजिकैको खेतमा पुर्याई आगो लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनापछि बलात्कार गरेको आरोप लागेका दुईजनासँगै अरू तीनजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ। नागरिक दैनिकबाट 

 

 

अदालत बलात्कार जलाउनु

विशेष