News

कलंकी–कोटेश्वर सडकमा ‘सर्भिस लेन’मा मात्र गाडी चलाउन ट्राफिकको आग्रह

कलंकी–कोटेश्वर सडकमा ‘सर्भिस लेन’मा मात्र गाडी चलाउन ट्राफिकको आग्रह

काठमाडौंः काठमाडौं उपत्यकामा शुक्रबार सवारी आवागमन प्रभावित हुने भएको छ । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म ‘साइक्लिङ रेस च्याम्पियनशीप’ हुने भएकाले उपत्यकामा सवारी आवागमन प्रभावित हुने भएको हो ।

बिहान ९ बजेदेखि नै प्रतियोगिता सुरु हुने भएको र कार्यालय समय पनि सुरु हुने भएकाले शुक्रबार दिउँसोसम्म नै गाडीको चाप हुने देखिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शुक्रबार कलंकी–कोटेश्वर सडकखण्डमा ओहोरदोहोर गर्दा सर्भिस लेन प्रयोग गर्न पनि महाशाखाले अनुरोध गरेको छ । शनिबार कलंकीदेखि भक्तपुरको सूर्यविनायक सडकखण्डमा खेल हुने भएकाले कलंकीदेखि कोटेश्वर र कोटेश्वरदेखि गठ्ठाघर, सल्लाघारी हुँदै जगाती जाने गाडी चालकलाई जडिबुटी, पेप्सीकोला, पुरानो ठिमी, व्याँसी, कमलविनायक, च्यामसिंह हुँदै जगाती जान पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यस्तै अत्यावश्यक नभए गाडी नचालाउन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । शुक्रबार र शनिबार चक्रपथमा गाडी चलाउँदा ख्याल गर्न र सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।  

सवारी आवागमन १३ औं साग साइक्लिङ रेस च्याम्पियनशीप कलंकी–कोटेश्वर सडक

विशेष