News

मोटरसाईकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मोटरसाईकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काभ्रेः मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्ग स्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु  हो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–००५ प ९७८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।

दुघर्टनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५० वर्षीय खुसीमान तामाङको टाउको, नाक र दाहिने हातमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै श्रीमान–श्रीमती रहेको र दोलखा माइती गई फर्कने क्रममा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । (फाइल फोटो)   

काभ्रे मोटरसाईकल दुर्घटना

विशेष