News

काठमाडौँका यी क्षेत्रमा आज दिनभर बत्ती नआउने

काठमाडौँका यी क्षेत्रमा आज दिनभर बत्ती नआउने

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत कटौती हुने भएको छ । चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।

यो वितरण केन्द्रबाट महाराजगंज चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा विद्युत् वितरण गरिएको छ । महाराजगञ्ज वितरण केन्द्रका अनुसार, यी क्षेत्रमा शुक्रबार बिहान १० बजदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ। 

चक्रपथ क्षेत्रको सडक विस्तार गर्नका लागि पछिल्लो समय सडक किनारामा रहेका रूखहरू काट्ने, विद्युत्का पोल हटाउने लगायतका कामहरु धमाधम भईरहेको छ।  

 

सडक विस्तार बिद्युत आपूर्ति बन्द

विशेष