News

कारवाहीका लागि दोलखाका सीडीओ रिजाल काठमाडौं तानिए

कारवाहीका लागि दोलखाका सीडीओ रिजाल काठमाडौं तानिए

काठमाडाैँ – कारवाहीका लागि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि रिजाललाई छानविनका लागि काठमाडौं तानिएका हुन् ।

गृह मन्त्रालयले उनलाई मन्त्रालयलाई तानेर दोलखाको प्रजिअ पदबाट हटाएको हो। मुद्दा छिन्ने क्रममा सिडिओ रिजालले पटक–पटक घुस लिएको भन्दै पीडितले बिहीबार पत्रकार सम्मेलन गरेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको बताए । ‘उहाँलाई दोलखाका दिइएको प्रजिअको जिम्मेजारीबाट हटाइएको छ । जिल्ला पनि छोडिसक्नु भयो । तर, त्यहाँ कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ,’ प्रवक्ता शर्माले भने ।

प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए । रिजालमाथि घुस लिएको नलिएको बारे थप छानबिन गरिने प्रवक्ता शर्माले बताए । ग्रृह स्रोतका अनुसार रिजालले पहिला घुस लिएपनि विवाद भएपछि फिर्ता गरेका थिए ।

विशेष