सिद्धबाबालाई थप ७ दिन हिरासतमै राख्न अनुमति
विराटनगर । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन म्याद थप गरेकाे छ । आफ्नै अनुयायीमाथि उनले बलात्बकार गरेका आराेपमा थप अनुसन्धानकाे लागि म्याद थप भएकाे हाे।
अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो । उनी थप ७ दिन प्रहरी हिरासतमै बस्नेछन् ।
यसअघि प्रहरीले ४ दिनको म्याद थप गराइ अनुसन्धान गरेको थियो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले उनलाई गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो ।