स्कूल हिँडेकी बालिका बलात्कृत, गाडी चालक पक्राउ
गुल्मी । गुल्मीमा स्कूल हिँडेकी एक बालिका बलात्कृत भएकी छिन्। स्कूल जाने क्रममा १० वर्षीया बालिका बलात्कृत बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेका अनुसार बालिका बिहीबार विहान स्कुल जान दाजुहरुसँगै गाडी चढेकी थिइन् । तर, चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लगेर बलात्कार गरेका थिए।
बलात्कृत बालिकाका दाजुले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । बलाकृत भएकी बालिकालाई चालकले ३० रुपैयाँ दिएर फाएको पाइएको डीएसपी घलेले बताउ ।
प्रहरीले बालिकाका बलात्कार गर्ने रुरु क्षेत्र गाउँपालिका–३ लोलङखोलाका ४१ वर्षीय भोजबहादुर सार्कीलाई पक्राउ गरिसकेको छ । उनले सोही क्षेत्रमा गाडी चलाउँदै आएका थिए ।उनलाई म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिए । बालिकाको स्वास्थ्य जाँचपछि घरमा पठाइएको प्रहरीले जनाएको छ ।