News

चिनियाको अर्को कर्तुत : पाकिस्तानबाट ६ सय बढी मुस्लिम युवती विवाहकाे बहानामा बेचिए

चिनियाको अर्को कर्तुत : पाकिस्तानबाट ६ सय बढी मुस्लिम युवती विवाहकाे बहानामा बेचिए

एजेन्सी । चिनमा पाकिस्तानबाट ६ सय भन्दा धेरै मुस्लिम महिला तथा युवतीहरु विवाहपछि बेचिएको तथ्याङक सार्वजनिक भएको छ । पाकिस्तानका गरिब युवतीलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन गर्ने गरिएको खुलासा भएको हो ।

पाकिस्तानमा दुई वर्षको अवधिमा विपन्न वर्गका ६ सय २९ जना महिला  बेचबिखन परेको तथ्याङक सामचार संस्था ‘एसोसिएटेड प्रेस’ले सार्वजनिक गरेको छ । मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन हुने गरेको उसले जनाएको छ ।

२०१८ यता पक्राउ परेका महिलाहरुमाथि गरिएको अनुसन्धानका आधारमा तथ्यांक सार्वजनिक भएको हो ।पाकिस्तानी अनुसन्धाताहरुले गरेको अनुसन्धानमा तस्करहरुको सञ्जालले पाकिस्ताका विपन्न र कमजोर समुदायका महिलामाथि शोषण गरेको पाइएको हो । 

विशेष