सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगन्ज पुग्यो

बाँके। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगन्ज पुगेको छ। पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगन्ज उपमहानगरपालिका-२० स्थित राँझामा पुगेको हो।
डुडुवा शाखा नहर पप्पु कन्ट्रक्सनले सम्झौता अनुरुप निर्माण नगरे पनि खोलालाई मर्मत गरेर पूरानै संरचनामा पानी सञ्चालन गरिएको आयोजनाका डिभिजन इन्जिनियर एकराज भट्टराईले जानकारी दिए। उनले भने ‘एक्जाभेटरले नहर सफा गर्दै पानी सञ्चालन गरेका हौं। किसानले पम्पिङ गरेर भए पनि सिँचाइ गर्न सक्नेछन्।’
अब डुडुवा मुल नहरबाट पुरैनी उपशाखाबाट नेपालगन्ज क्षेत्रमा र इन्द्रपुर उपशाखाबाट जानकी गाउँपालिकाका विभिन्न क्षेत्रमा सिँचाइको पहुँच हुनेछ।
डुडुवाको पिप्रहवास्थित खजुरा शाखाबाट चार किलोमिटर टाढा खजुरा गाउँपालिकामा पनि पानी पुगेको छ। शुक्रबारदेखि नै इन्द्रपुर शाखामा पानी सञ्चालन गरिएको छ।
आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।
सिक्टा सिँचाइ आयोजना