News

सबै स्थानीय तह अब पक्की सडकले जोडिने

सबै स्थानीय तह अब पक्की सडकले जोडिने

काठमाडौँ। प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको छ । यससँगै सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहमा पक्की सडकले जोडिने छ ।

सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माण गर्नका लागि कार्यविधि निर्माण ग री कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको छ । सङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि निर्माण गरी रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि लागू हुने गरी काम अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
स्थानीय पूर्वाधा र विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माण कार्य अगाडि बढाइने बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।  

स्थानिय सडक

विशेष