अष्ट्रेलियाको मेलबर्नमा नेपाली युवा मृत अवस्थामा भेटिए

सिड्नी । तनहुँ घर भई हाल अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका नेपाली युवा दीपेन्द्र खनाल आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन ।
गत सोमबारका उनलाई आफ्नै घरको बाथरूममा झुण्डिएको अवस्थामा फेला पारिएको हो । सन् २००८ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका खनालले त्यसको केही समयपछि प्रोटेक्सन भिसा अप्लाइ गरेको बुझिएको छ ।
हाल शव पोष्टमार्टमका लागि राखिएको र आवश्यक कानुनी प्रक्रिया सकिएपछि शव आफन्तको चाहनाअनुसार नेपाल पठाइने बताईएको छ ।
आत्महत्या