दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत कार्य आजबाट सुरु
कञ्चनपुर – कञ्चनपुरकोे दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत कार्य शनबिारदेखि सुरु गरिएको छ । ठाँउठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको पुलको शनिबारदेखि मर्मत कार्य सुरु गरिएको हो ।
पुलको मर्मत सुरु भएसँगै दैनिक ७ घण्टाका लागि आवागमन बन्द बन्द गरिएको छ । मर्मत कार्यमा सजिलो होस् भनेर बिहान, दिउँसो र राति गरी दैनिक ७ घण्टा आवागमन बन्द गरिएको माहााकाली नगरपालिका ६ का वडा अध्यक्ष दिलबहादुर सिंजालीले बताउनुभयो ।
उहाँले पुलको मर्मतका लागि दैनिक बिहान ७:१५ देखि ९:१५ बजेसम्म, दिउँसो ११ देखि २ बजे तथा राति ८ देखि १० बजेसम्म पुलमा आवागमन बन्द गर्ने निर्णय गरिएको बताउनुभएको छ।
दोधारा चाँदनी झोलुङ्गे पुल