News

कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने  

कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने  

पोखरा। कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले बताएकी छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आज (शनिवार) पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा कर्मचारीलाई निर्देशन गर्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न आग्रह गरिन् । 

‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला  परेपछि त के गर्नु त!’ मन्त्री अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्‍नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’ 

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताइन् । तर गलत काममा भने साथ नदिने बताइन् ।कर्मचारीलाई जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै उनले गल्ती नगरेसी डराउनुपर्ने अवस्था नरहेको पनि उनले बताइन् । 
 

विशेष