प्रतिनिधि सभा उपनिर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन आइतबार पेश गरेका हुन् । सो अवसरमा निर्वाचन आयोगका आयुक्तहरुको समेत उपस्थिति रहेको थियो ।