सुत्केरीको मृत्युपछि नोबल अस्पतालमा तनाव
विराटनगर– सुत्केरी गराउन आएकी महिलाको मृत्यु भएपछि विराटनगरको नोबल अस्पतालमा तनावको स्थित सिर्जना भएको छ ।सुत्केरी गराउन आएकी जानुका श्रेष्ठको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमै नाराबाजी गरेका हुन् ।
अस्पतालको लापरबाहीले श्रेष्ठको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालको विरोध प्रदर्शन समेत गरेका छन् । मृतकका आफन्तले शब लिन समेत मानेका छैनन् । त्यहाँ आवश्यक संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएकाे छ।