साताको पहिलो दिनकाे नेप्से : कतिले भयाे वृद्धि?
काठमाडौं– साताको पहिलो दिन नेप्से ३ दशमलव ४५ अंकले बढ्दा परिसूचक ११३५ दशमलव ३७ बिन्दुमा कायम रहेको छ ।
आज कञ्चन डेभलपमेन्ट बैंकको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ७ प्रतिशतले बढेको छ । नेसनल माईक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ४ प्रतिशतले घटेको छ ।
ट्रेडिङ, विकास बैंक, बैंक, होटल, माईक्रोफाइनान्स र अन्य क्षेत्रमा हरीयाली छाएको छ भने अन्य कम्पनीहरुको उपसूचकमा गिरावट आएको छ ।नेपाल लाइफको प्रमोटर शेयरको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको २ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । १ सय ७१ वटा कम्पनीको ९ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ७५ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।