News

इटहरीको सूर्य कम्प्लेक्समा आगलागी

इटहरीको सूर्य कम्प्लेक्समा आगलागी

इटहरीः इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । गएराति सूर्य कम्प्लेक्सको चौथो तलामा रहेको होटलमा आगलागी भएको हो । गएराति लागेको आगो आइतबार बिहान नियन्त्रणमा लिइएको थियो । होटल पूर्ण रुपमा क्षति भएको छ ।

होटलबाट आगोको मुस्लो निस्केको देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकल आगो निभाउन जुटेका थिए । विराटनगर, दमक, सप्तरी, धरान, दुहवी, महेन्द्रनगर, सुन्दरहरैचा र इटहरीको गरी ९ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।

चौथो तलामाथि रहेको होटलमा लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगोले भवनमा रहेका अन्य कार्यालयमा पनि क्षति पुर्‍याएको अनुमान गरिएको छ । (फाइल फोटो)  

आगलागी इटहरी सूर्य कम्प्लेक्स

विशेष