विदेश

दिल्लीको अनाज मण्डीमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ४५ पुग्यो

दिल्लीको अनाज मण्डीमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ४५ पुग्यो

काठमाडौंः भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । भारतीय समाचार संस्था दैनिक जागरणका अनुसार आइतबार बिहानै भएको आगलागीमा मृत्यु हुनेको संख्या ४५ पुगेको हो । 

दर्जनौं मानिसहरु घाइते भएकोले मृतकको संख्या अझैं बढ्न सक्ने समाचारमा जनाइएको छ। आगलागीस्थलमा अहिले अग्नी नियन्त्रकको टोली पुगेको छ ।

घाइतेको उद्दार र आगो नियन्त्रणमा लिने प्रयास भैरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगलागी भएको घरमा विभिन्न कारखानामा काम गर्ने मजदुरहरु बस्दै आएका थिए ।

आगलागी नयाँ दिल्ली अनाज मण्डी

विशेष