देश News

कोहलपुरमा कर्फ्यु

कोहलपुरमा कर्फ्यु

बाँके । ट्रकको ठक्करबाट स्कुले छात्रा गम्भीर घाइते भएपछि एकाएक तनावग्रस्त बनेको कोहलपुरमा प्रशासनले कर्फ्यू जारी गरेको छ । प्रदर्शन बढेपछि तनाव मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको हो।

जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यु लगाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए। ट्रकको ठक्करबाट घाइते भएकी छात्रा प्रकृति चन्दलाइ उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

त्रिभुवन उमाविमा कक्षा ७ मा अध्ययनरत छात्रा चन्दलाइ स्कुलकै गेटमा ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आक्रोशित विद्यार्थी र स्थानीयवासी प्रदर्शनमा उत्रिएका थिए । 

विशेष