रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दै
काठमाडौँ । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ ।
श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो ।
गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ । अघिल्लो वर्षको तथ्याकंअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ रहेको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
विदेशी कामदार रोजगारी नेपाल