बन्ने भयो जोरपाटी–सुन्दरीजल सडकखण्ड
काठमाडौँ : प्राविधिक, सामाजिक तथा कानुनी कारणले सङ्कटमा जेलिएको जोरपाटीबाट सुन्दरीजल जाने सडक बन्ने भएको छ ।
लामो समय धुलो र हिलोले सरकारकै आलोचना हुने मुख्य एजेन्डाजस्तै बनेको यो सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विशेष चासो लिएपछि सडक बन्न लागेको हो । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले स्थानीयवासी सहभागी गराई विशेष पहल गर्नुभएको छ ।
जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तारका लागि बिहीबार सरोकारसँग भएको बैठकले नयाँ स्वरूप दियो । स्थानीयवासीसँग संयुक्त बैठक बसेर पाँच निर्णय गरिऐको छ । निर्णयलाई कार्यान्वयन गर्ने गरी शुक्रबार केही काम पनि भएको छ । बैठकमा सहभागी सो क्षेत्रका सङ्घीय सांसद कृष्ण राईका अनुसार जहाँ जस्तो सम्भव हुन्छ सडक बनाई छाड्ने प्रतिबद्धता गरी त्यसैअनुसार काम थालिएको छ ।
यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
जोरपाटी–सुन्दरीजल सडकखण्ड