मेलम्ची खानेपानी आयोजना: पुस अन्तिमसम्म प्रशोधन केन्द्र तयार हुने
काठमाडौँ: मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र पुस अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ ।
मेलम्चीबाट सुरुङमार्ग हुँदै आउने पानी प्रशोधन गर्न बनाइएका दुईमध्ये एक प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । निर्माणाधीन अवस्थामा रहेको अर्को प्रशोधन केन्द्र पुस अन्तिम सातासम्म सम्पन्न हुनेछ ।
मेलम्चीबाट पहिलो चरणमा आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण गरिनेछ । दुवै प्रशोधन केन्द्र साढे आठ करोड लिटर गरी १७ करोड लिटर क्षमताका हुन् ।
मेलम्ची विकास समितिले आगामी असार अन्तिमसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने योजना बनाएको छ । सोही योजनाअनुसार प्रशोधन केन्द्र निर्माणलाई तीव्रता दिइएको समितिले जनाएको छ ।
यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।