काठमाडौँमा भोलि हर्न बजाउन तथा बिजोर नम्बरका सवारी साधन चलाउन नपाइने
काठमाडौँ: १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को समापन हुने दिन भोलि काठमाडौं उपत्यका भित्र जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने भएको छ।
सवारी साधनलाई व्यवस्थित बनाउन ट्राफिक महाशाखा भोलि जोर नम्बरका मात्र गाडी चलाउन अनुरोध गरेको छ । यसअघि मङ्सिर १४ गते सागको सुरुवातीको दिनमा भने बिजोर नम्बरका गाडीलाई मात्र चलाउन दिइएको थियो ।
यसै अनुसार भोलि पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको महाशाखाले जनाएको छ।
ट्राफिक महाशाखा