गाउँपालिका अध्यक्षको गाडीमा आगलागी

खोटाङः जिल्लाको रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ ।
‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उनले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’ करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
खोटाङ आगलागी रावाबेँसी गाउँपालिका